एबीसी नेपालमा विभिन्न पदमा रोजगारीको अवसर
November 20, 2026
ABC Nepal
Informatics
एबीसी नेपालमा विभिन्न पदमा रोजगारीको अवसर!
ए वी सी नेपाल एउटा सामाजिक गैर सरकारी संस्था हो । बिगत ३४ वर्ष देखि मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धि कार्यमा सरोकार वालाहरूसँगसमन्वय सम्बाद र सहकार्यगर्दै अएको छ । संस्थाले मानव बेचविखन यौनजन्य हिंसा शोषण एवम घरेलू हिंसा बाट प्रभावित महिला तथा बालिकाहरुको लागिपुनस्र्थापना केन्द्र, बालगृह, दिर्घकालिन पुनस्र्थापना केन्द्र, शिक्षा, हेरचार तथा संरक्षण प्रदान गर्दे आएको छ ।
यस संस्थामा निम्न रिक्त पदहरुको लागी आवेदन आह्वान गरिएको छ ।
१ आंशिक लेखापाल (Part-time Accountant)
कार्यस्थल : काठमाण्डौ
पद संख्या : १ (एक)
योग्यता
● लेखाशास्त्र, वित्त वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको।
● लेखा अभिलेख व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा कम्तीमा २ वर्षको व्यावहारिक अनुभव भएको।
● Tally,Excel,लेखा सफ्टवेयर प्रयोग गर्न सक्ने र नेपाली र अंग्रेजीमा स्पष्ट रूपमा लिखित तथा मौखिक सञ्चार गर्न सक्ने।
● नेपाली र अंग्रेजीमा स्पष्ट रूपमा लिखित तथा मौखिक सञ्चार गर्न सक्ने।
कामको विवरण
● दैनिक आर्थिक कारोबारको हिसाबकिताब राख्ने (भौचर, क्यासबुक, बैंक कारोबार)
● बैंक मिलान (Bank Reconciliation) गर्ने
● तलब/पारिश्रमिक तयार गर्ने तथा TDS, VAT, कर सम्बन्धी अभिलेख राख्ने ।
● लेखापरीक्षण (Audit) को समयमा आवश्यक बिवरण उपलब्ध गराउन सहयोग गर्ने ।
● कार्यालयले तोकेका अन्य आर्थिक/प्रशासनिक कार्यहरू गर्ने ।
२ महिला तथा बालिकाको आश्रय गृहका लागि भान्से (cook) महिलालाई मात्र
कार्य प्रकृति: पूर्णकालीन (आबासिय)
कार्यस्थल : काठमाण्डौ
प्रमुख जिम्मेवारीहरू
• भोजन तालिका अनुसार महिला तथा बालिका र कर्मचारीका लागि दैनिक सन्तुलित तथा पोषणयुक्त खाना र आवश्यक खाजा तयार गर्ने।
• भान्सामा आवश्यक खाद्य सामग्रीको खरिद मौज्दात व्यवस्थापन गर्ने तथा स्वीकृत बजेटभित्र रहेर खाद्य सामग्री खरिद गर्ने ।
• निर्धारित समयमा खाना तयार गरी वितरण गर्ने साथै शान्त, खुसी र सहज भोजन वातावरण सिर्जना गर्न सहयोग गर्ने।
३ चालक (Driver)
पद संख्या: १ (एक)
कार्य प्रकृति: पूर्णकालीन (Full-time)
योग्यता
• सवारी चालक अनुमतिपत्र (Driving License) प्राप्त गरि कम्तीमा २ वर्षको अनुभव भएको।
• सवारी साधनको सामान्य मर्मतसम्भार र ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी राम्रो ज्ञान भएको।
आवेदन दिने प्रक्रिया
इच्छुक तथा योग्य उम्मेदवारहरूले ३० नोभेम्बर २०२६ भित्र तल उल्लिखित कागजातहरू abcnepal.ktm@gmail.com मा पठाउन वा सम्पर्क फोन नम्बर:०१५१४९८४६ मा फोन गरि ए बी सी नेपाल, कोटेश्वर, नरेफाटमा बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म उपस्थित भई बुझाउन सक्नेछन्।
आवेदनका साथ निम्न कागजातहरू पेस गर्नुपर्नेछ:
१. फोटोसहितको व्यक्तिगत विवरण (CV), कार्य अनुभवको संक्षिप्त विवरण, नेपाली नागरिकताको प्रतिलिपि तथा दुई जना सन्दर्भ व्यक्तिको नाम र सम्पर्क विवरण।
२. सवारी चालकको हकमा सवारी चालक अनुमतिपत्रको प्रतिलिपि।